• २०८१ बैशाख १२ बुधबार

नेपाली सेनाले अमेरिकालाई पत्र लेख्दा ओली थिए प्रधानमन्त्री, एसपीपीमा सहभागी हुने पत्रमा के छ ?

kharibot

काठमाडौँ । अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) बारे तिब्र बहस भैरहेका बेला सरकार, प्रमुख प्रतिपक्षी दल, नेपाली सेना, अमेरिकी दुताबासका फरक फरक धारणा बाहिर आइरहेका छन् । आक्रमण रुपमा संसदमा प्रस्तुत भएर सरकारको घेराउ गरिरहेको नेकपा एमाले एसपीपी प्रकरणमा आफै फस्ने देखिएको छ ।

यस अघि सुशील कोइराला प्रधानमन्त्री हुदा नेपाली सेनाले अमेरिकालाई एसपीपीमा संलग्न हुने बारे पत्र पठाएको एमालेले दाबि गर्दै आएपनि सो सत्य नभएको खुलासा भएको छ । प्राप्त जानकारी अनुसार केपी ओली पहिलो पटक प्रधानमन्त्री भएपछि नै नेपाली सेनाले तत्कालिन अमेरिकी राजदुतलाई सम्बोधन गर्दै पत्र लेखेको खुलेको छ ।

२०१५ अक्टोबर २७ मा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदुत एलाईना बि टप्लेजलाई सम्बोधन गरेर एसपीपीमा सहभागी हुन पत्र लेखेका थिए । तर ओली त्यसअघि अक्टोबर ११ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

पत्रमा नेपालको विपद व्यवस्थापनको तयारी अवस्थाका लागि तथा विभिन्न संकट व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गर्दै भनिएको छ - 'यो कार्यक्रमले हाम्रो लामो समयदेखिको सम्बन्धलाई मजबुत पार्नेछ साथै द्विपक्षीय सुरक्षा सम्बन्ध मजबुत बनाउनेछ त्यस्तै सैन्य क्षमता, अनुभव तथा सुरक्षा सम्बन्धी ज्ञान वृद्धि गर्छ', पत्रमा भनिएको छ, दुई पक्षबीच साझेदारी वृद्धि हुनुका साथै आगामी दिनमा दुई पक्षको सुरक्षा दुई सहकार्य बढ्नेछ ।'

यो पत्र सार्बजनिक भएपछि एमालेलाई एसपीपी प्रकरण ब्याकफायर हुने देखिएको छ । एमालेले संसदमा एसपीपी बारे सरकारको कडा आलोचना गर्दै यो अस्वीकार्य हुने बताएको छ ।

पुर्व रक्षमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा एसपीपी सम्झौता नभएको दाबी गर्दै यसलाई पुष्टि गर्न चुनौती दिएका थिए ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाएका थिए । 

सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरेका थिए । तर अब पत्र नै सार्बजनिक भए पछि एमाले नेताहरुले झुटो बोलेको स्पष्ट भएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै