• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउनुपर्छ- सांसद प्रेम सुवाल

kharibot

काठमाडौं । प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए । 

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरु भन्नुहुन्थ्यो । अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ,’ उनले भने । 

उनले जिम्मेवार मन्त्रीहरुले यथार्थ जानकारी सदनलाई जानकारी दिन जरुरी रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै