• २०८१ बैशाख ८ शनिबार

अब विपद् कोषको रकम पुनर्निर्माणमा खर्च गर्न पाइने

kharibot

काठमाडौ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ संशोधन गरेको छ । 

केही बुँदा संशोधन गरी नियमावलीको नाम ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (प्रथम संशोधन) नियमावली, २०७९’ दिइएको छ । 

संशोधन गरिएको नियमावलीमा विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापन सम्बन्ध कार्ग गर्न र गराउन पाइने बनाइएको छ । 

संशोधन गरिएअनुसार अब विपद् कोषमा रहेको रकम विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यमा प्रयोग गर्न पाइने छ । 

‘यस नियमावलीमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि उपदफा (२) बमोजिम विपद् व्यवस्थापन कोष सञ्चालन गर्ने प्रयोजनका लागि विपद् प्रतिकार्य सम्बन्धी कार्य मन्त्रालय र विपद् पूर्व तयारी, विपद् जोखिम न्यूनीकरण तथा विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्य प्राधिकरणबाट हुनेछ,’ संशोधन नियमावलीमा भनिएको छ । 

कोषको सञ्चालन विपद् प्रतिकार्यको हकमा मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृत कर्मचारी र लेखा शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ । 

विपद् पूर्व तयारी, विपद् जोखिम न्यूनीकरण तथा विपद् पश्चातको पुनर्निर्माणको हकमा प्राधिकरणको कार्यकारी प्रमुख वा निजले अख्तियारी दिएको प्राधिकरणको अधिकृत कर्मचारी र प्राधिकरणको आर्थिक प्रशासन हेर्ने शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुने व्यवस्था गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै