• २०८१ बैशाख ८ शनिबार

गाइघाटमा डिशहोम फाइबरनेट सेवाको विस्तार 

kharibot

काठमाडौँ l डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो । 

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।
 
हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ । अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र ८९९ प्रती महिना पर्ने १०० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछ । 

डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क गर्न सक्नेछ ।आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना  डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै