• २०८१ बैशाख १२ बुधबार

दक्षिण कोरियामा लोरी चालकहरूको हडताल, व्यवसाय प्रभावित

kharibot

काठमाडौं । दक्षिण कोरियामा लरी चालकहरूको हडतालका कारण व्यवसाय प्रभावित भएको छ । चालकहरूको हड्तालका कारण कार निर्माता कम्पनी हुन्डाई र स्टिल उत्पादक पोस्कोलगायत प्रभावित भएका छन् ।

इन्धनको मूल्य बढ्दै गएपछि लोरी चालकहरूले थप पारिश्रमिक र सरकारी अनुदानको समयावधि बढाउन माग गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा यो महिनाको पहिलो १० दिनमा देशको निर्यात झण्डै १३ प्रतिशतले घटेको छ ।

युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधलाई जारी हड्तालले थप प्रभावित पार्ने र विश्वभर मूल्य बृद्धि हुने चिन्ता बढेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै