कसरी लेख्ने ?

kharibot

लेखनका खासमा दुई तरिका हुन्छ । एउटा- प्रशस्त तयारीका साथ  लेख्न बस्ने, अर्को -के के आउँछ लेख्दै जाने र सोच्दै जाने । लेखन एउटा कला हो। जुन सिक्न र सिकाउन सकिन्छ। यो सिर्जनात्मक शक्तिको अभिव्यक्तिको माध्यम हो।आख्यान  या गैर आख्यान जे होस लेख्न त्यति सजिलो छैन्। लेखाइमा रस नपसुन्जेलसम्म त्यो जटिल हुन्छ। जोसेफ हेलरले त्यतिकै भनेका होइनन्  `मलाई थाहा छ हरेक लेखकलाई लेख्न समस्या छ' भनेर ।

लेखक बन्नका लागि केही निश्चित पूर्वसर्तहरू हुन्छन् । जस्तो कि– कल्पनाशीलता, कलात्मकता, भाषिक सौन्दर्य , अध्ययनशीलता, विषयवस्तुको ज्ञान आदि। यति भएर पनि पुग्दैन  हिम्मत हुनै पर्छ लेखक हुन । लेखेर बाँच्नु र बाँचेर लेख्न दुबै चानचुने कुरा होइनन् चुनौतीपूर्ण चाहिँ हुन् । तर भनिन्छ--‘बाटो हिँडेपछि देखिन्छ। हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।’ 

लेखकले अहिलेसम्म लेख्न छुटेको बिषयहरुमा कलम चलाउनु पर्छ । नयाँ बिषयको अध्ययन र खोज गर्दै पाठकको हृदय छुने गरि चित्तबाट विषयहरु बाहिर ल्याउनुपर्छ नकि मस्तिष्कबाट होइन् । त्यो कुरा आफैले नलेखे अरु कसैले लेख्नेवाला छैन् । हामीसँग आफ्ना कथा र भोगाइहरु छ्न् त्यो आफूले भन्दा उत्कृष्ट तरिकाले अरु कसैले व्यक्त गर्न सक्दैन् ।

तिनीहरूलाई सुरक्षित गर्न लिपिवद्द गर्नै पर्छ । त्यसैले लेख्नुको विकल्प केही  छैन । त्यसको लागि आलोचना देखि नडराउने र गल्ती भए सुधार गर्दै नदि जस्तै अविरल बग्ने बाटो लिनुपर्छ। बिषयलाई अत्यान्तै सुक्ष्म दृष्टिकोण र विभिन्न आयामबाट हेर्ने गर्नुपर्छ।नोरा रोबोर्ट्सले लेखकमा तीन डी ; ड्राइभ, डिसिप्लेन र डिजायर हुनु पर्ने  सुझाव दिएका छ्न्। मलाई लाग्छ--वास्तवमा यी तीनैबटा अनिवार्य शर्त हुन लेखाइका। यसपालिको बुकर पुरस्कार प्राप्त गरेकी गितान्जली श्री ले लेख्नु,लेख्नु र लेखाइमा आनन्द लिनु,आनन्द लिदै लेख्नु नै असल लेखक बन्न सकिने कुरा बताएकी छिन् ।

लेखक लेख र रचनाहरू पढ्न मन पराउने र पाठकप्रति सधै बिश्वस्त र आभारी हुनै पर्छ ।केहि कुराहरु संकेतको रुपमा पाठककै भागमा छोडिदिएर  उनीहरुलाई पनि आ-आफ्नो कल्पनाशिलताको भरपुर उपयोग गर्ने अबसर दिनु राम्रो हुन्छ।असल लेखक बन्ने हो भने तपशिलका कुरामा ध्यान दिनुपर्छ।

१. रुचिको बिषयमा प्रशस्त अध्ययन र खोज गर्ने:

पहिला त किन लेख्ने ?कसको लागि लेख्ने? भन्ने बारेमा स्वयं स्पष्ट हुनु आवश्यक छ। आफ्नो रुचि को हो त्यसमा पनि कुन क्षेत्रमा अघि बढ्ने हो ।  त्यो कथा,कविता,निबन्ध ,उपन्यास तथा लेख कुनै पनि हुनसक्छ।  त्यसको लक्ष्य र उद्देश तय गर्नुपर्छ। श्रोत र साधनको संकलन , अध्याय र खोज गर्नुपर्छ। निरन्तर चिन्तन, हृदयको मन्थन , अवलोकन ,अनुभव ,कल्पना र भिजुअलाइजेसन गर्नु पर्छ। बिषयहरुलाई दिमाग र हृदयमा प्रोसेसिङको लागि छोड्नुपर्छ। त्यसबाट आउट्पुट आएपछि लेख्न शुरु गर्नुपर्छ।

२. लेखनको शुरूवात गरिहाल्ने

भनिन्छ काम शुरु गर्नु भनेको आधी हुनु हो।त्यसैले लेख्न अलिकति पनि ढिलो गर्नुहुन्न।आजै थाल्ने हो भने ढिलो भएको छैन्। लेखको शुरुदेखि नै प्रत्येक वाक्यले पाठकको ध्यान तान्न सक्ने हुनुपर्छ । नत्र पाठकले पढ्न छोडिहाल्छ। लेखमा शीर्षकको महत्व र त्यो अहिलेको समयमा किन सान्दर्भिक छ भन्ने ध्यान दिनु आवश्यक छ । शीर्षक पाठकको ध्यान तान्न सक्षम हुने हुनुपर्छ ।

पाउलो कोएलो भन्छ्न--  तपाईंको रचनाको पहिलो वाक्य यस्तो बनाउनुस् कि यो नै तपाईंको अन्तिम वाक्य सम्म डोर्याउने पदमार्ग बन्न सकोस् । हरेक मानिससित आफ्नो छिमेकीलाई भएपनि सुनाउने एउटा सानदार कथा हुन्छ । आफुसित पनि त्यस्तो कुनै कथा छ भने सुरुवात गरिहाल्नुस् ।

कथा कविता लेख र रचना किन लेख्ने भन्ने कुरा आफ्नो मनको तहबाट आएको हुनुपर्छ । हृदयको आवाजलाई पछ्याउँदै लेख्नु पर्छ नकि बोझको रुपमा होइन्।

३. स्व लेखन शैली निर्माण गर्नु

लेख तथा रचनामा यदि मिठास छैन,  आफ्नोपन छैन, नयाँपन दिन सकिँदैन भने लेखकको पहिचान मर्छ।अरुको नक्कल गरेर कतै पुग्न सकिदैन आफ्नो आफै बाटो खन्नुपर्छ। समय लाग्न सक्छ। आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्नु उत्तम हुन्छ । आफ्नो सिर्जनामा कलाले पोत्तै जादा फरक शैली निर्माण हुन्छ।र त्यही शैलीलाई समाउँनुपर्छ जुन अदृश्य तरिकाले विकास भैरहेको हुन्छ।

प्रा. डा. डिपी भण्डारी भन्नुहुन्छ— 'लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।' शैली श्रमले बन्दैन ।  त्यो बारम्बार को अभ्यासबाट आउँछ। हरेक सफलताको कुरामा साधनाको हात हुन्छ।

पाओलो कोएलो भन्नुहुन्छ   --कथा भन्ने नयाँ-नयाँ स्टाइलहरु खोज्दै नहिड्नुस् । स्टाइल त केवल मान्छेको पहिरन मात्र हो । पहिरन ले कहिल्यै भित्री कुराको संकेत गर्न सक्दैन । यो त फेशन हो । फेशनको पछि नलाग्नुस् । बरू केही यस्तो गर्नुस् कि तपाईंका हरेक कृयाकलाप फेशन बन्न थालुन् । हो नी वास्तबमा।

४ लेखाइको चिन्ता नगर्नु तर चिन्तन गर्नु

पुस्तकको पहिलो अध्याय नै महान लेख्नु पर्छ भने चिन्ता गर्न लाग्नु हुदैन्। त्यो आ -आफ्न्नो तरिका हुन्छ तर कसो गर्दा शुरुआत शक्तिशाली हुन्छ भनेर सोच्नु नराम्रो चाहिँ पटक्कै होइन्। मार्खेज भन्नुहुन्छ — 'पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।' तर सबै यसमा सहमत हुनुपर्छ भन्ने छैन्। तर यो चाहिँ पक्का हो शुरूवातले अन्त्यको झलक दिन्छ। सुन्दर सुरुवात सून्दर स्त्री जस्तै हो जसको अनुहारले कस्तरी तान्छ।आखाहरु त्यतै हराएजस्तै लठ्ठ परेजस्तै पाठकलाई मोहनी लाग्ने हुनुपर्छ ।

५. पढ्नु ,पुनः पढ्नु र लेख्नु ,पुनः लेख्नु

एउटा लेखकका लागि पुस्तक पढ्नु, पढ्नु मात्र नभएर त्यसको सार र रुप केलाउनु हो ।  शैली पत्तालगाउनु हो।कला र कलरको सुन्दर साजसज्जा हेर्नू हो। आइडिया लिनु हो। सकेसम्म पुस्तकका रहेका कमीकमजोरी पहिल्याउने,पटक पटक पढ्ने  र   रिक्तताको खोजी गर्नु पर्छ।  त्यो रिक्तता र कमजोरी हटाउदै आफ्नो शैलीमा लेख्नु पर्छ। पुनः लेख्नुपर्छ।सम्पादन गर्नुपर्छ। पुन: सम्पादन गर्नुपर्छ। हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्नुहुन्छ। ड्राफ्टलाई पटक पटक  पढ्ने र पुर्नलेखन गर्नुपर्छ। स्टीफन किंगले लेखक बन्न धेरै पढ्नुहोस् र धेरै लेख्नुहोस् भन्ने दुईटा सुझाव दिनुभएको छ। सुझाव उत्कृष्ट र मनासिब छ असल लेखक बन्न।

राम्रो लेखक बन्न केही न केही लेखिरहनु, निरन्तर कोर्दै, लेख्दै सम्पादन गर्दै प्रकाशित गरिरहनु ज्यादै आवश्यक छ। त्यसमा कहिल्यै थाक्नुहुन्न। नथाक्नु नै असल लेखक हो जसले लेखाइमा अपूर्णता र भोक देखिरहन्छ ।

६.लेखनमा धैर्यता कायम राख्नु

लेख्न सुरु गरेपछि,कहिले सकिएला भनेर आत्तिनुहुन्न्। छोटो समयमै सक्छु भनेर कस्सिनु हुन्न। मात्तिनु त झन पटक्कै हुन्न।समय लिएर लेखेको राम्रो हुन्छ । यदि रफ्तार रोकियो भने फेरि सुरुवात गर्न असाध्यै गाह्रो हुन्छ।त्यसैले हरेक दिन थोरै भएपनि  लेख्ने गर्नुपर्छ। लेखनमा विन्स्टन चर्चिल  भन्नुहुन्छ-- कहिल्यै पनि, कहिले पनि, कहिले पनि हार नमान्नुहोस्। भनिन्छ  ,प्रायः लेखकहरु दिनमा २०० शब्ददेखि करिव १ हजार शब्द लेख्छन् ।हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तिन पन्ना । भनिन्छ , विस्तारै हिड्ने छिटो पुग्छ्न् तर धैर्यता र निरन्तरता चाहिन्छ। लेखको थेम,बान्की,बुनोट , आफ्नोपना र शैली निरन्तरता र धैर्यताबाटै पैदा हुन्छ। जुन लेखक स्वयंलाई पनि थाहा भैरहेको हुदैन्।

७ अनुशासन कायम राख्नु र निरन्तरता दिनु

लेखनमा सबैभन्दा ठूलो कुरा अनुसासन हो । अनुशासन बिनाको प्रतिभा फक्रिन सक्दैनन । हरेकदिन लेख्छु भनेर बाचा गरेर त्यसलाई पूरा गर्नुपर्छ । चौविसघन्टामा आफूलाई पायक पर्ने हिसाबले कुनै एकघन्टा छुट्याउनु पर्छ र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनु पर्छ । फुरोस या नफुरोस केही न केही लेख्ने गर्ने गर्नुपर्छ।बिस्तारै छुट्टाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ । र बानी बन्छ त्यसपछि त अभ्यास्त हुन थाल्छ। मनोक्रियात्मक सीप विकास हुन पुग्छ।

८. लेखाइको मुल्यांकन गर्नु

लेख्नुजतिकै आवश्यक छ लेखेपछी मूल्यांकन गर्नु  त्यसैले लेखाइको मूल्यांकन गर्नुपर्छ ।किताव या निबन्ध या उपन्यास लेख्दा आँफैलाई पनि बारम्बार लागिरहन्छ, म के सहि बिषय वा कथा र शैलीमा हिँडिरहेको छु ?  यसको राम्रोसँग मूल्यांकन गर्नुपर्छ। कहिलेकाही  आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा,मूल कहानी, र शैली पाउँन सक्छ। त्यो लेखकमा भर पर्छ।त्यो लेखकको योजनाको कुरा हो।

९.लेख प्रकाशित गर्नु

लेखेको कुरालाई प्रकाशित गर्दै जानुपर्छ।त्यसमा पाठकले दिएको टिप्पणीलाई ख्याल गर्दै आवश्यक सुधार गर्नुपर्छ। स्थानीय तथा राष्ट्रिय स्तरका पत्र पत्रीकालाई आफ्नो लेख तथा रचना प्रकाशनको लागि पठाउनुपर्छ।यदि छापिएन भने पनि निराश हुनु हुदैन्।निरन्तर सुधार गर्ने र पठाउने गर्नु पर्छ । के थाहा प्रकाशनमा पनि सिन्डिकेट छ कि? प्रचारबाजीले र निश्चित समूहको नियन्त्रणमा पो छ कि।उत्कृष्ट हुदा हुँदै नछिपिन पनि त सक्छ। त्यसबाट निराश हुनु हुदैन्। लेखको बिषयलाई विभिन्न कोणबाट मूड चलेको बेला जोस र उत्साहका सात गज्जवले लेख्नुपर्छ।

१०. स्वास्थ्य र संन्तुलित भोजन गर्नु

स्वास्थ्य लेखनका लागि महत्वपूर्ण हुन्छ। खानपिन र हिँडडुलमा ख्याल राख्नुपर्छ । संतुलित आहारले मात्र शरीर स्वस्थ हुन्छ । शरीर स्वस्थ भएमात्र मन र मस्तिष्क स्वस्थ्य हुन्छ। स्वास्थ्य शरीर मन र मस्तिष्कको संयोजनबाट फूरेको सिर्जना उत्कृष्ट हुन्छ।शारीरिक व्ययाम र योगा गर्दा कोषहरुले स्फूर्ती प्राप्त गर्छ्न।हिँडाइबाट दिमागी कोषमा प्रभाव पर्ने हुदा  हिडाइलाई महत्व दिनु राम्रो हुन्छ। हिँड्दा  दिमाग ताजा हुन्छ । हिडाइको कारण दिमागका स्नायुहरु खुल्छ्न् र लेख्न सहज हुन्छ।

 
११ कलात्मक र सिर्जनात्मक पक्षलाई जोड दिने

आफ्नो क्रियटिभिटी विकास गरेर सोचेको कुरालाई कलात्मक ढंगले लेख्नुपर्छ।  त्यसका लागि ध्यान,भिजुअलाइजिङ, कल्पना आवश्यक हुन सक्छ। यी अभ्यासहरुले सृजनात्मकताको विकास हुँदै जान्छ । परिणामस्वरूप  नयाँ–नयाँ कुराहरु फुर्छन् र आफूले लेख्न खोजेका कुरालाई सजिलै कलात्मक ढङ्गले प्रस्तुत गर्न सकिन्छ ।
यो बुझ्नु जरुरी छ कि --पाठकले लेखकको हृदय पढ्न खोजिरहेका हुन्छन् न कि लेखकको बौद्दिक ज्ञान होइन्।

१२.   आफ्नो लगन र परिश्रममा सधै बिश्वस्त रहनु

आफ्नो परिश्रममा सधै  पूर्ण बिश्वस्त रहनुपर्छ।  मेहनत को फल मीठो हुन्छ। आफ्नो रचनाको कम मुल्यांकन नगर्नु राम्रो हुन्छ । आफ्नो मेहनतको परिणाम कसरी कम महत्त्वको हुन्सक्छ? आफ्नो लगन र परिश्रममा भर गर्नु लेखनिय सफलता बन्छ्न्।

लेखक बन्न चाहनेले रुचिका विषयमा सामग्री संकलन गर्ने,अध्ययन गर्ने, खोज्ने र लेख्ने गर्नुपर्छ।लेखेको कुरा पुन: पढ्ने।सम्पादन गर्दै पुनः लेख्ने गर्दै स्व लेखन शैली निर्माण गरेर लेख प्रकाशित गर्ने।पाठकबाट आएका लेखमाथिको टीका टिप्पणी अनुसार लेखनलाई सुधार गर्दै लैजाने ,लेखक बन्छु भन्ने पूर्ण आत्मविश्वासले निरन्तर नियमपूर्वक अभ्यास गर्दै जाने हो भने असल लेखक बन्न बेरै लाग्दैन् ।  

सम्बन्धित समाचार