• २०८१ बैशाख ७ शुक्रबार

 दक्षिण कोरियामा आगलागी- ७ जनाको मृत्यु, ४६ जना घाइते

kharibot

सोल । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ  ।

हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् ।

घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो ।    यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै