• २०८१ बैशाख ८ शनिबार

स्वीट्जरल्याण्डमाथि पोर्चुगलको फराकिलो जित, रोनाल्डोले गरे दुई गोल

kharibot

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले स्वीट्जरल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ४-० गोल अन्तरले परजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने विलियम कार्भाल्हो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । 

पोर्चुगलले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल थपेको थियो ।

योसहित रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी ११७ गोल गरेका छन् । रोनाल्डोले १८८ खेलमा ११७ गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा बढी गोलको अग्रता बढाउदै लगेका छन् ।

नेसन्स लिगको समुह २ मा रहेको पोर्चुगलको यो जितपछि २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष थानमा रहेको छ ।

यसै समुहमा रहेको चेक रिपब्लिक र स्पेनले गएराती २-२ गोलको बराबरी खेलेका थिए ।

यस समुहमा चेक रिपब्लिक पनि ४ अंकका साथ दोस्रो स्थानमा छन् भने स्पेन २ अंकका साथ तेस्रो रहेको छ । त्यस्तै स्वीट्जरल्याण्डले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।

अब पोर्चुगलले आफ्नो अर्को खेल जुन १० मा चेक रिपब्लिकसँग र जुन १३ मा फेरी स्वीट्जरल्याण्डसँग खेल्ने छ ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै