• २०८१ बैशाख ७ शुक्रबार

भद्रपुर उडेको बुद्ध एयरको जहाजको टायरमा समस्या, काठमाडौँ फर्काएर आपतकालीन अवतरण

kharibot

फाइल तस्बीर

काठमाडौं । बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । बुधबार विहान भद्रपुरका लागि उडेको विमानको टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याएर आपतकालीन अवतरण गराइएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाज सुरक्षित अवतरण गराइएको र अहिले प्राविधिक जाँच भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै