• २०८१ बैशाख ७ शुक्रबार

तेन्दुलकरको आइपिएलको उत्कृष्ट टिममा परेनन् रोहित र विराट

kharibot

काठमाडौँ । भारतीय महान ब्याट्सम्यान सचिन तेन्दुलकरले आईपीएल २०२२ को उत्कृष्ट इलेभेन छनोट गरेका छन् । हार्दिक पाण्डेको कप्तानीमा गुजरात टाइटन्सले लिग जितेको छ । सचिनले पनि आफ्नो आइपिएलको उत्कृष्ट टिममा हार्दिकलाई कप्तान बनाएका छन् ।

सचिनले बनाएको टिममा रोहित शर्मा, विराट कोहली, एमएस धोनीका साथै डेभिड वार्नर र कागिसो रबाडा जस्ता स्टार खेलाडीले ठाउ बनाउन सकेका छैनन् । सचिनले यो सिजनको प्रदर्शनका आधारमा मात्रै आफ्नो टोली छनोट गरेको बताए ।

सचिन तेन्दुलकरले जोस बटलरसँगै पञ्जाब किंग्सका ओपनर शिखर धवनलाई ओपनिङका लागि छनोट गरेका छन् । बटलरले यस आइपिएलमा सर्बाधिक ८६३ रन बनाएर ओरेन्ज क्याप जितेका थिए । योसँगै धवनले ४६० रन बनाएका थिए । लखनउका कप्तान केएल राहुललाई सचिनले आफ्नो नम्बर ३ ब्याट्सम्यान रोजेका छन् । उनको बारेमा सचिनले भनेका छन्- 'उनी एक खेलाडी हुन् जसले सिंगल्स लिन सक्छन् र जब उसले छक्का प्रहार गर्न चाहन्छ, उसमा त्यो गर्न सक्ने क्षमता पनि छ ।'

त्यस्तै हार्दिक पाण्डेयलाई सचिनले आफ्नो टोलीमा नम्बर ४ मा ब्याटिङ गर्ने खेलाडीको टिममा चुनेका छन् भने हार्दिकलाई सचिनले आफ्नो आइपिएलको उत्कृष्ट टिमको कप्तान पनि बनाएका छन् ।

सचिन तेन्दुलकरको आइपिएल-२०२२ का ११ खेलाडी- जोस बटलर, शिखर धवन, केएल राहुल, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, लियाम लिभिङस्टोन, दिनेश कार्तिक (विकेटकिपर), राशिद खान, मोहम्मद शमी, जसप्रित बुमराह, युजवेन्द्र चहल ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै