• २०८१ बैशाख ६ बिहीबार

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

kharibot

कीभ ।  यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका हुन् ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उहाँको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।  

रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् ।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्धको ऐक्यवद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘यूक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ । “यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ ।”

"रूसी आक्रामणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्धको युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ,”  उनको कार्यालयले भनेको छ । 

पोरोशेन्कोले यूक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गर्नुभएको थियो यद्यपि पछिल्लो कदमले उहाँलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको छ । 

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका थिए । त्यसपछि उहाँले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै