• २०८१ बैशाख ११ मंगलबार

युक्रेनको लेमेन शहर कब्जा गरेको रुसको दावी

kharibot

काठमाडौँ । रुसले युक्रेनको डोनेट्स्क क्षेत्रको लिमेन शहर कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले लिमेन शहर रुसी र रुस समर्थक लडाकुहरुले कब्जा गरेको बताएको छ ।

एक दिन अघि, डोनेट्स्कका रुस समर्थक पृथकतावादीहरूले उनीहरूले लिमेन पूर्ण रूपमा कब्जा गरेको दाबी गरेका थिए । लिमेनलाई पश्चिमी युक्रेनको एक रेलवे हब मानिन्छ ।

रुसी रक्षा मन्त्रालयले भनेको छ- 'डोनेट्स्क जन गणतन्त्रका सेना र रुसी सेनाको संयुक्त कारबाहीले लिमेनलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गराएको छ ।'

शुक्रबार युक्रेनले रुसले अधिकांश लिमेन कब्जा गरेको बताएको थियो । तर त्यहाँको सेना स्लोबियनस्कमा रुसी सेनाको अग्रसरता रोक्न लागिपरेको छ । यो सहर दक्षिणपश्चिममा चार घण्टा टाढा छ ।

लिमेनले रूसी सेनाहरूलाई महत्त्वपूर्ण रेलवे आधारहरू र सेभेर्स्की डोनेट्स नदीमा पुलहरू पुग्न अनुमति दिने हुनाले यो रणनीतिक रुपमा महत्वपूर्ण भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै