• २०८१ बैशाख १२ बुधबार

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

kharibot

महोत्तरी । महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा  चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।

३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै