• २०८१ बैशाख ८ शनिबार

आज सुनको मूल्य प्रतितोला २ सयले बढ्यो 

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला रु २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै