बुटवल । रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई तेल ट्यांकरमा आगलागी भएको छ ।
शुक्रबार बिहान डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो ।
आगलागीको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।