• २०८१ बैशाख १३ बिहीबार

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण विजयी

kharibot

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका हुन् ।

खाँणले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मत अन्तरले पराजित गरेका हुन् ।

खाँणले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै