• २०८१ बैशाख ७ शुक्रबार

परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको ओलीको आरोप

kharibot

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका हुन् । 

‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ,’ ओलीले संसद बैठकमा भने । 

परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका ओलीले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशीमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।

‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशीमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन ? इजाजत लिनुपर्छ भने कसरी लिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै