• २०८१ बैशाख ६ बिहीबार

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण ८०७ मतले अगाडी

kharibot

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता बनाएको छ भने उपमेयरमा नेकपा एमालेले अग्रता बनाएको छ ।

मेयर पदमा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका काँग्रेसका रामकृष्ण खाँणले २२ हजार ४५४ मत ल्याएर अगाडी रहेका छन् । उनलाई नेकपा एमालेका मोहन चापागाईले २१ हजार ६४७ मत ल्याएर पछ्याइरहेका छन् । खाँण चापागाई भन्दा ८०७ मतले अगाडी रहेका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी जागेश्वरीदेवी चौधरीले २१ हजार २१८ मत ल्याएर अग्रता बनाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका हेमलाल पाण्डेले १० हजार ५५४ मत ल्याएका छन् ।

१७ वटा वडा रहेको तिलोत्तमामा हालसम्म १, २, ३, ४, ५, ११, १२, १३, १४, १५, १६, १७ गरि १२ वडाको गणना सकिएको छ । जसमा काँग्रेसले ७ वटा वडा जितेको छ भने एमालेले ५ वटा वडा जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै