• २०८१ बैशाख ८ शनिबार

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु- चिरीबाबु

kharibot

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गरे । सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उनले बताए । वडास्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उनले बताए ।

प्रमुखका रुपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरेका छन् । वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए । उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो । अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए ।  तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए । राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताइन् । आफूले उपप्रमुखका रुपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रुपमा काम गर्ने उनको प्रतिबद्धता छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै