• २०८१ बैशाख १२ बुधबार

मधेस प्रदेश: आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

kharibot

धनुषा । मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए ।

यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानूनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए ।

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानून मन्त्रालय थियो । तर पछि सो मन्त्रालय विभाजन हुँदा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो । त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । फेरि अहिले आएर नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय नामकरण गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको एघार महिनापश्चात् मन्त्रालयको नाम परिवर्तन गरिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी कामअनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै