• २०८१ बैशाख ८ शनिबार

रौतहटको फतुवा विजयपुर नगरपालिकामा काँग्रेस विजयी

kharibot

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तफबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् । 

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवले ४ हजार ८५१ मत पाउँदा विजय यादवले ३ हजार ३६१ मत पाए ।

यस्तै, उपमेयरमा पनि कांग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । खातुनले ५ हजार १६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६६८ मत प्राप्त गरिन् । यससँगै कांग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै