• २०८१ बैशाख ७ शुक्रबार

तुलसीपुरमा दोस्रो कार्यकालका लागि ६ वडाध्यक्ष निर्वाचित

kharibot

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका १९ वडामा जितेका, उपविजेता भएका प्राय सबैले यस पटकको स्थानीय निर्वाचनमा प्रतिष्पर्धा गरे । अघिल्लो निर्वाचनमा विजयी भएका ४ जना बाहक १५ जना पुन उम्मेदवार बने । उनीसँग पराजय बेहोरोहरु पनि प्रतिष्पर्धामा जुटे । तर निर्वाचनबाट ६ जना वडा अध्यक्षले मात्रै दोस्रो कार्यकालको लागि अवसर पाएका छन् । 

निर्वाचनबाट पालिकामा नयाँ जनप्रतिनिधि आउँदै गर्दा केहि वडामा भने पुरानै अनुहार दोहोरिएका छन् । कतिपय पालिकाहरुमा उम्मेदवार बन्नका लागि राजनीतिक दलबाट पार्टीबाट टिकट पाउन, पाएपनि चुनावमा जित्न मुस्किल देखिन्छ । पार्टिले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनाव लडेर चुनाव जित्नेहरु पनि दाङका देखिएका छन् ।  

उपमहानगरपालिकाका १९ वटा वडाको अध्यक्ष पदका लागि झण्डै ६२ जनाले चुनाव लडेका थिए । जसमध्ये ५१ जना पार्टिले टिकट दिएर उम्मेदवार बनेका थिए । ११ जना पार्टिले टिकट नदिएपछि स्वन्तन्त्रबाट वडा अध्यक्ष पदमा चुनाव लडेका थिए ।
पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि टिकट पाउन र पाएपनि जित्न मुस्किल देखिएको बेला तुलसीपुरका ६ वटा वडामा भने पुरानै अनुहार दोहोरिएका छन् । दोहोरिने आशामा पाँचवर्ष वडाअध्यक्षमा रहेर काम गरिसकेका जनप्रतिनिधिहरु पुनः वडाअध्यक्ष पदमा बिजयी बनेका छन् ।  

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ५, ९, १७, १५ र १८ मा पुरानै वडा अध्यक्षहरु दोहोरीएका छन् ।  दोस्रो कार्यकालका लागि दोहोरिने वडा अध्यक्षहरुमध्ये ३ जना नेपाली काँग्रेसबाट छन् भने ३ जना नेकपा एमालेबाट रहेका छन । 
वडा नं. ३मा विरबहादुर विक दास्रो कार्यकालका लागि वडा अध्यक्षमा विजयी भएका छन् । उनी नेकपा एमालेबाट उम्मेद्वारी दिएका थिए ।

यसैगरी दोस्रो कार्यकालका लागि दोहोरीने जनप्रतिनिधिमध्ये वडा नं. ५ का विरेन्द्र कुमार शाह पनि हुन । नेपाली काँग्रेसबाट उम्मेद्वारी दिएका शाहले लोकप्रिय मतले वडाको अध्यक्षमा बिजयी बन्न सफल भएका छन् । वडा नं. ९ मा पनि नेपाली काँग्रेसका घनश्याम ढकाल वडा अध्यक्षमा बिजयी भएका छन् । ढकालको पनि यो दोसो कार्यकाल हो ।

यस्तै वडा अध्यक्षमा दोहोरीहरुमा वडा नं. १५ मा नेकपा एमालेका लक्ष्मण चौधरी, १७ मा नेपाली काँग्रेसका थलराज पुरी, १८ मा नेकपा एमालेका माधव वली रहेका छन् ।

पाँच वर्षे कार्यकालमा वडाको अध्यक्षका रुपमा रहेर काम गर्दैजाँदा जनप्रतिनिधिको व्यवहार, आचारण, वडाको विकासका लागि उनीहरुले गरेको पहल, जनतासंगको सामिप्यता नै चुनाव जित्ने आधार बनेको उनीहरु बताउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै