• २०८१ बैशाख ६ बिहीबार

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

kharibot

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमालाको मृत्यु भएको जल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

यसअघि उक्त दुर्घटनमा परि घटनास्थलमै ४४ वर्षीय अमर धमालाको मृत्यु भएको थियो। बुधबार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। घाइते भएका मध्ये १ को अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन् ।

अवस्था गम्भीर रहेका तारा धमालालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । २० बर्ष पहिले कुष्ठिरोग लागेर मृतकका बुवा गौरीकान्त धमालाको मुत्यु भएको थियो । बुवा गौरीकान्त धमालाको पुत्ला दाहासंस्कारको लागि मलामि लिएर जाने क्रममा ट्याक्टरको ट्रालि पल्टिेर ट्याक्टर दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मृत्यु हुने धमाला दाजुभाइ हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै