• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँमा अब १३ हजार मत गणना बाँकी, यस्तो छ पछिल्लो अपडेट

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ७७ हजार ५५८ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५७ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५७ हजार ३३६ मत प्राप्त गरिसकेका छन् । 

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३६ हजार २६५ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले २१ हजार ७१ बढी मत प्राप्त गरेका छन् । 

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा १३ हजार ५६७ मत गणना गर्न बाँकी रहेको छ । अब गणना हुन बाँकि मत भन्दा बालेनको अग्रता बढी भएकाले उनको जित सुनिश्चित भएको छ ।   

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३५ हजार ७२७ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ९२९ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा नेकपा एमालेकि सुनिता डंगोलको जित सुनिश्चित भएको छ ।  डंगोलले ५३ हजार ६४२ मत प्राप्त गरेकी छन् भने उनी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा ३५ हजार ८७७ मतको अन्तरले अगाडी रहेकी छन् । श्रेष्ठले भने १७ हजार ७६५ मत प्राप्त गरेका छन् । 

अहिले वडा नम्बर १३ (कालिमाटी), १४ (कलंकी), १५ (डल्लु), १६ (सोह्रखुट्टे) र १७ (क्षेत्रपाटी) को मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ ।

काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै