• २०८१ बैशाख ८ शनिबार

तुलसीपुर उपमहानगरमा एमाले विजयी

kharibot

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना सकिएको छ । तुलसीपुरमा नगरप्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । 

नगरप्रमुखमा एमालेका टीकाराम खड्का ३१ हजार ४०८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् । उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ४५२ मतान्तरले पराजित गरेकी छन् । चौधरीले ३० हजार ५१७ मत प्राप्त गरेकी छन् भने रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।  

उन्नाइस वडामध्ये तुलसीपुरमा एमालेले १० वडामा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ५, माओवादी केन्द्रले ४ र एक वडा स्वतन्त्रले जितेका छन् । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै