• २०८१ बैशाख ८ शनिबार

भारतीय काँग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले पार्टी छोडे

kharibot

काठमाडौँ । भारती नेशनल काँग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले पार्टी छोडेका छन् । बुधबार उनले समाजवादी पार्टीको समर्थनमा राज्यसभाका लागि उम्मेदवारी दर्ता गराए सँगै उनले काँग्रेस छोडेको स्पष्ट भएको हो ।

सिब्बलले काँग्रेस हाईकमान्ड, विशेष गरी राहुल गान्धीमाथि प्रश्न उठाउदै आएका थिए ।

उम्मेदवारी दर्ता गरेपछि सिब्बलले मे १६ मा नै कांग्रेस पार्टीबाट राजीनामा दिएको बताए । सिब्बल हाल यूपीबाट कांग्रेस कोटाबाट सांसद छन्, तर यस पटक यूपीमा पार्टीसँग पर्याप्त विधायक छैन, जसले उनलाई फेरि राज्यसभामा पठाउन सक्छ ।

त्यसैले सिब्बलको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेको थियो, अब समाजवादी पार्टीको टिकटमा उम्मेदवारी दिएर उनले सबै अड्कलबाजीको अन्त्य गरिदिएका छन् ।

सिब्बललाई ३ ठूला विपक्षी दलले आफ्नो कोटाबाट राज्यसभामा पठाउने तयारी गरेका थिए । उत्तर प्रदेशबाट सपा, बिहारबाट आरजेडी र झारखण्डबाट जेएमएमले सिब्बललाई राज्यसभामा पठाउने बताए पनि उनले समाजवादी पार्टी रोजेका छन् ।

यस अघि केहि दिनअघि मात्र काँग्रेस गुजरात प्रदेश प्रमुख हार्दिक पटेलले पनि राहुल गान्धीलाई दोष देखाउदै पार्टी छोडेका थिए । त्यस्तै २०२० मा चर्चित युवा नेता ज्योतिरादित्य सिन्धियाले काँग्रेस छोडेर सत्तारुढ दल विजेपी प्रवेश गरि अहिले केन्द्रीय मन्त्री बनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै