• २०८१ बैशाख ६ बिहीबार

पाँच वर्षमा अमेरिकाका सयभन्दा बढी विद्यालयमा गोलीकाण्ड

kharibot

काठमाडौँ । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ निर्दोष बालबालिका रहेका छन् । अमेरिकामा विद्यालयहरूलाई लक्षित गरिएको यो पहिलो पटक होइन । अमेरिकामा केही वर्षयता विद्यालयमा गोली हानाहानका धेरै घटना भएका छन् । तथ्यांकअनुसार विगत पाँच वर्षमा विद्यालयमा गोली हानाहानका सयभन्दा बढी घटना भएका छन् । यसैबीच, अमेरिकामा यो वर्ष सामूहिक गोलीकाण्डका २०० भन्दा बढी घटनाहरू रिपोर्ट गरिएका छन् ।

टेक्सास स्कूल लक्षित घटना धेरै

अमेरिकामा विद्यालयहरू लगातार लक्षित छन् । पछिल्ला केही तथ्याङ्कलाई हेर्दा टेक्सासमा नै विद्यालयभित्र गोली हानाहानका धेरै घटना भएका छन् । सन् २०१६ मा टेक्सासको एक अल्पाइन स्कूलमा यस्तै गोलीकाण्ड भएको थियो । यसमा एक छात्राको मृत्यु भएको छ । यसपछि सन् २०१८ मा पनि यस्तै घटना भएको थियो । टेक्सासको सेन्ट फे स्कूलमा १७ वर्षीय आक्रमणकारीले बालबालिकामाथि गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो । यसपछि गत वर्ष २०२१ मा पनि टिम्बरभ्यू स्कुलमा गोली हानाहान भएको थियो  । तर, कसैको पनि ज्यान गएको छैन । तर धेरै मानिस घाइते भए ।

टेक्सास बाहेक अमेरिकाका अन्य विद्यालयमा पनि यस्तै घटना भएका छन् । सन् २०१२ मा अमेरिकाको न्यू टाउनस्थित स्यान्डी हुक स्कूलमा गोली हानाहान भएको थियो । जसमा २० बालबालिका र ६ जना शिक्षक सहित २६ जनाको मृत्यु भएको थियो । गत वर्षको डिसेम्बरमा मिशिगनको एक हाईस्कूलमा गोली प्रहार भएको थियो, जसमा चार जनाको मृत्यु भएको थियो ।

चार महिनामा २१२ स्थानमा सामूहिक गोलीबारी

अमेरिकाको स्वतन्त्र तथ्याङ्क सङ्कलन संस्था ‘गन वाइलेन्स आर्काइभ’को प्रतिवेदनअनुसार सन् २०२२ मा हालसम्म २१२ सामूहिक गोलीकाण्ड भएको छ । यसबाहेक सन् २०२१ मा अमेरिकामा ६९३ सामूहिक गोलीकाण्डका घटना भएका थिए । २०२२ मा ६११ स्थानमा गोली हानाहान भएको थियो भने २०१९ मा ४१७ स्थानमा यस्तै घटना भएको थियो ।

२०२१ मा ३४ वटा विद्यालयमा सुटिङ

तथ्याङ्क अनुसार सन् २०२१ मा अमेरिकामा विद्यालयमा गोली हानाहानका ३४ घटना भएका छन् । सन् २०२० मा १० विद्यालय र २०१८ र २०१९ मा २४-२४ घटना भएका थिए। त्यस्तै, २०२२ मा हालसम्म २७ विद्यालयमा गोली हानाहानको घटना भएको छ ।

हतियार किन्न धेरै सजिलो

अमेरिकामा हुने यस्ता घटनाको मुख्य कारण यहाँको बन्दुक ऐन हो । अमेरिकामा बन्दुक संस्कृतिको सम्बन्ध त्यहाँको संविधानसँग जोडिएको छ । अमेरिकामा बन्दुक राख्ने कानुनी आधार संविधानको दोस्रो संशोधनमा राखिएको छ। बन्दुक नियन्त्रण ऐन १९६८ (जिसिए) अनुसार राइफल वा कुनै सानो हतियार किन्नको लागि ह्यान्डगन जस्ता अन्य हतियारहरू किन्नको लागि न्यूनतम उमेर कम्तिमा १८ वर्ष हुनुपर्छ । रिपोर्टका अनुसार ३३ करोड जनसंख्या भएको अमेरिकामा आम नागरिकसँग ३९ करोड हतियार छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै