• २०८१ बैशाख ८ शनिबार

बक्स अफिसमा कार्तिक-कियाराको भूलभुलैया-२ को जादू

kharibot

काठमाडौँ । बलिवुड अभिनेता कार्तिक आर्यन र कियारा आडवाणी अभिनिती फिल्म भूलभुलैया-२ ले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

गत शुक्रबार रिलिज भएको भूलभुलैया-२ ले अहिलेसम्म भारतीय बक्स अफिसमा ७६ करोड २७ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । 

फिल्मले रिलिजको पहिलो दिन १४ करोड ११ लाख भारतीय रुपैयाँ कमाई गरेको थियो भने दोस्रो दिन १८ करोड ३४ लाख, तेस्रो दिन २३ करोड ५१ लाख, चौथो दिन १० करोड ७५ लाख र पाँचौं दिन ९ करोड ५६ लाख कमाई गरेको छ  ।   

८० करोडको लगानीमा बनेको यस फिल्म अब सय करोड क्लब तिर लम्केको देखिएको छ  ।  

भूलभुलैया-२ कार्तिक आर्यनको क्यारियरमा अहिलेसम्मकै ठुलो ओपनर फिल्म बनेको छ । साथै यस बर्ष रिलिज भएका केजिएफ-२, आरआरआर पछि भूलभुलैया-२ ले ठुलो ओपनिंग गरेको छ ।

फिल्मको आइतबारको कमाई अझ बढी हुने अनुमान गरिएको छ । बलिवुड अभिनेत्री कंगना रनावटको फिल्म धाकड़ पनि शुक्रबार रिलिज भएकोमा ब्क्स्द अफिसमा फ्लप भएपछि अहिले धेरै ठाउमा धाकडलाई हटाएर भूलभुलैया-२ प्रदर्शन गरिएको बताइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै