• २०८१ बैशाख ८ शनिबार

तिलोत्तमाको मेयरमा काँग्रेसको अग्रता

kharibot

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता बनाएको छ भने उपमेयरमा नेकपा एमालेले अग्रता बनाएको छ ।

मेयर पदमा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका काँग्रेसका रामकृष्ण खाँणले १८ हजार ९०५ मत ल्याएर अगाडी रहेका छन् । उनलाई नेकपा एमालेका मोहन चापागाईले १७ हजार ९५१ मत ल्याएर पछ्याइरहेका छन् । खाँण चापागाई भन्दा ९५४ मतले अगाडी रहेका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी जागेश्वरीदेवी चौधरीले १७ हजार ६१९ मत ल्याएर अग्रता बनाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका हेमलाल पाण्डेले ८ हजार ८०८ मत ल्याएका छन् ।

१७ वटा वडा रहेको तिलोत्तमामा हालसम्म १, २, ३, ४, ५, १२, १३, १४, १५, १६, १७ गरि ११ वडाको गणना सकिएको छ । जसमा काँग्रेसले ७ वटा वडा जितेको छ भने एमालेले ४ वटा वडा जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै