• २०८१ बैशाख ७ शुक्रबार

गुजरात टाइटन्स आइपिएलको फाइनलमा

kharibot

काठमाडौँ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स फाइनलमा पुगेको हो ।

राजस्थानले दिएको १८९ रनको लक्ष्य पछाएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

गुजरातको जितमा कप्तान हार्दिक पाण्डेय र डेविड मिलरले चौथो विकेटको लागि १०६ रनको साझेदारी गरेका थिए । मिलरले अविजित ६८ र पाण्डेयले अविजित ४० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले जोस बटलरको ८९ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

यो जितपछि गुजरात टाइटन्स यस सिजनको आइपिएलको फाइनलमा पुगेको छ । त्यस्तै यो खेलमा हार बेहोरेको राजस्थान रोयल्सले अब दोस्रो क्यलिफायर खेल्न पाउने छ । अब राजस्थानले इलिमिनेटरमा खेल्ने रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जाइन्टबीचको विजेतासँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै