• २०८१ बैशाख ८ शनिबार

यु–२० फुटबल- नेपालले पायो औषत प्रतिद्वन्द्धी

kharibot

काठमाडौं । एएफसी यु–२० एसियन कप–२०२३ छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।

 एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपालले औषत प्रतिद्वन्द्धी पाएको हो । 

नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् । बहराइनमा हुने प्रतियोगिता २५ भदौबाट सुरु भइ २ असोजसम्म हुनेछ । 

पहिलो खेल नेपालले २५ भदौमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  २७ भदौमा कतारसँग खेल्दा २९ भदौमा आयोजक राष्ट्र वहराइनसँग खेल्ने तालिका छ ।

यस्तै, अन्तिम खेलमा नेपालले २ असोजमा बंगलादेशको चुनौती पेश गर्नेछ । समूहको शीर्ष टिम सिँधै फाइनल चरणमा प्रवेश पाउनेछ । यस्तै दोस्रोको भने सम्भावना रहनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै