• २०८१ बैशाख ७ शुक्रबार

हुम्लामा २१ प्रतिशत मत बदर

kharibot

हुम्ला । हालै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ ।

सात गाउँपालिका रहेको हुम्लामा स्थानीय तह निर्वाचन-०७४ मा भन्दा यसपटक चार प्रतिशतभन्दा बढीले मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ । 

०७४ सालमा १६ प्रतिशत मत बदर रहेको थियाे । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार २०.८९ प्रतिशत मत बदर भएकाे छ । 

स्थानीय निर्वाचन-०७९ मा कुल बदर मत १५.४६ प्रतिशत पद अनुसारको बदर मत सङ्ख्या रहे पनि पाँच दशमलव ४३ प्रतिशत सबै पदको मत बदर रहेको मुख्य निर्वाचन कार्यालयकाे भनाइ छ ।

कार्यालयले समग्रमा निकालेको बदर मत विवरणअनुसार सात वटै गाउँपालिकाको सातै पदमा कुल खसेको मत एक लाख ४९ हजार दुई सय ८३ मा २६ हजार नाै सय ५२ मत बदर भएकाे छ । 

बदर मत प्रतिशत औसतमा रहेको भए पनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेकाे छ । पदअनुसार बदर मत पनि अध्यक्ष उपाध्यक्षमा कम छ । वडा अध्यक्ष र सदस्यहरूमा बढी मत बदर रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै