• २०८१ बैशाख १३ बिहीबार

अबुधाबीमा ग्यास सिलिन्डर विस्फोट: दुईको मृत्यु, १२० घाइते

kharibot

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् ।प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ । 

सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरुमा आगलागि भएको समाचारमा बताइएको छ ।  क्षतिग्रस्त भवनहरु मध्ये चार ओटालाई सुरक्षित रूपमा खाली गरिएको थियो । भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।

पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै