• २०८१ बैशाख ८ शनिबार

आइपिएलको पहिलो क्वालिफायर आज, गुजरात र राजस्थानमा को पुग्ला फाइनलमा ?

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ ।

पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ । 

यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन् । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ । नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो । १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।  

लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो ।

इलिमिनेटरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्यलिफायरमाप पराजित टिमसँग खेल्ने छ भने इलिमिनेटरमा पराजित हुने टिम बाहिरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै