काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ ।
पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ ।
यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन् । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ । नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो । १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।
लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो ।
इलिमिनेटरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्यलिफायरमाप पराजित टिमसँग खेल्ने छ भने इलिमिनेटरमा पराजित हुने टिम बाहिरिने छ ।