• २०८१ बैशाख ७ शुक्रबार

पुटिनको हत्या प्रयास असफल भएको युक्रेनी अधिकारीको दाबि

kharibot

काठमाडौँ  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन द्वन्द्व तीव्र भइरहेको र पुटिनको स्वास्थ्यलाई लिएर हल्ला फैलिरहेका बेला युक्रेनी अधिकारीको दाबी आएको हो ।

युक्रेनको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभका अनुसार ब्ल्याक सी र क्यास्पियन सीको बीचको क्षेत्र काकेशसमा उनको हत्याको ‘असफल’ प्रयास भएको थियो । रुसले युक्रेनमाथि २४ फेब्रुवरीमा हमला गरेपछि हत्या प्रयास भएको जनाइएको छ ।

‘पुटिनको हत्या गर्ने प्रयास भएको थियो... उनीमाथि काकेशसका प्रतिनिधिहरूले पनि आक्रमण गरेका थिए, धेरै समय अघि होइन’, बुडानोभलाई उद्धृत गर्दै एक युक्रेनी सञ्चार माध्यमले जनाएको छ । 

उनले अगाडि थपे, ‘यो गैर–सार्वजनिक जानकारी हो । (यो एउट) बिल्कुल असफल प्रयास थियो, तर यो साँच्चै भयो ... करिव २ महिनाअघि ।’ बुडानोभसँगको पूरा अन्तर्वार्ता मंगलबार प्रसारण हुनेछ ।

पछिल्लो समयमा राष्टपति पुटिनको  स्वास्थ अवस्थालाई लिएर अमेरिकी सञ्चार माध्यमहरूले टिकाटिप्पणी गर्दै आएका छन् । पुटिनलाई क्यान्सर र पार्किन्सन भएको हुन सक्ने ती सञ्चार माध्यमले अनुमान गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै