• २०८१ बैशाख ८ शनिबार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ

kharibot

प्रदर्शनमा उत्रिएका विधार्थी

काठमाडौँ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।

कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई विद्यार्थीहरुले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने प्रहरीले तयारी गरको छ ।

मंगलबार बिहान कलेजका विद्यार्थीहरुले शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका थिए । बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै