• २०८१ बैशाख ६ बिहीबार

यस्तो छ आजको मौसम

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । आज  मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै