• २०८१ बैशाख ७ शुक्रबार

आज सरकारको नीति तथा कार्यक्रम आउदै

kharibot

फाइल तस्बीर

काठमाडौँ । आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठमा अपराहन्न ४ बजे सरकारको निती तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा संघीय र प्रदेशसभाको आवधिक निर्वाचनको कार्यक्रम समेत समेटेर आउन लागेको बुझिएको छ । आगामी मंसिरमा संघीय र प्रदेश सभाको कार्यकाल सकिदै छ ।

संबैधानिक व्यवस्था अनुसार हरेक बर्ष जेठ १५ गते संघीय सरकारको बजेट संसदमा प्रस्तुत गर्ने गरि तोकिएकाले त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्दछ ।

गत बर्ष भने जेठ ८ गते राति तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्र[अति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै