• २०८१ बैशाख ८ शनिबार

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार शाह विजयी

kharibot

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदार मनोजकुमार शाह विजयी भएका छन् ।

शाहले १३ हजार ४६५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर शाहले ९ हजार ५३२ मर प्राप्त गरेका छन् ।

मेयरमा विजयी भएका शाह नेपाली काँग्रेसले गठबन्धनका तर्फबाट जसपालाई समर्थन गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका निवर्तमान मेयर लालकिशोर शाहले ५ हजार १९४ मत लायायेर चौथो स्थानमा रहेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका किशोरी शाहले १५ हजार ५२५ मत ल्याएर विजयी भएकी छन् ।

२५ वडा रहेको जनकपुरधाम उपमहानगरमा काँग्रेसले ११ वडामा जितेको छ भने एमालेले ७ वडामा जितेको छ । त्यस्तै लोसपाले २, माओवादी केन्द्र, जसपाले एक एक वडा जितेका छन् भने स्वतन्त्र उम्मेदवारले २ र तमलोपाले एक वडामा जितेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै