• २०८१ बैशाख ८ शनिबार

निर्वाचन परिणाम सन्तोषजनक, गठबन्धन पछिसम्म हुने आधार बन्यो- काँग्रेस

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक आएको बताएको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणामबाट काँग्रेस खुशी रहेको बताएका हुन् ।

प्रवक्ता महतले काँग्रेसको नेतृत्वमा जहिले पनि निर्वाचन निष्पक्ष हुने गरेको बताउदै सरकारले निर्वाचन आयोगलाई पुरा सहयोग गरेको बताए ।

उनले गठबन्धन गरेका दलहरुले पनि उल्लेख्य सफलता पाएको बताउदै काँग्रेसले पन देशभर राम्रो नतिजा ल्याएको बताएका छन् ।

महतले बाजुरामा निर्वाचनमा व्यापक धाधली भएको आरोप लगाउदै पुन: निर्वाचन गराउन माग गरेका छन् ।

समय छोट भएपनि गठबन्धनको लय मिलेको बताउदै कैयौं ठाउमा मतदातालाई जानकरी गराउन नसक्दा समस्या आएको भएपनि समग्रमा गठबन्धन दलहरु सबै खुशी रहेको महतले बताए ।

उनले स्थानीय तहको निर्वाचनको परिणामले लामो समयसम्म गठबन्धन कायम रहने आधार तयार भएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै