• २०८१ बैशाख ६ बिहीबार

तीन वटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । 

बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई वर्षाको सम्भावना छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै