• २०८१ बैशाख ८ शनिबार

कार्तिक-कियाराको भूलभुलैया-२ को बक्स अफिसमा शानदार कमाई

kharibot

काठमाडौँ । बलिवुड अभिनेता कार्तिक आर्यन र कियारा आडवाणी अभिनिती फिल्म भूलभुलैया-२ ले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

फिल्मले रिलिजको दोस्रो दिन १८ करोड ३४ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । त्यस्तै फिल्मले रिलिजको पहिलो दिन १४ करोड ११ लाख भारतीय रुपैयाँ कमाई गरेको थियो । ८० करोडको लगानीमा बनेको यस फिल्मले २ दिनमा ३२ करोड ४५ लाख कमाई गरेको छ ।

भूलभुलैया-२ कार्तिक आर्यनको क्यारियरमा अहिलेसम्मकै ठुलो ओपनर फिल्म बनेको छ । साथै यस बर्ष रिलिज भएका केजिएफ-२, आरआरआर पछि भूलभुलैया-२ ले ठुलो ओपनिंग गरेको छ ।

फिल्मको आइतबारको कमाई अझ बढी हुने अनुमान गरिएको छ । बलिवुड अभिनेत्री कंगना रनावटको फिल्म धाकड़ पनि शुक्रबार रिलिज भएकोमा ब्क्स्द अफिसमा फ्लप भएपछि अहिले धेरै ठाउमा धाकडलाई हटाएर भूलभुलैया-२ प्रदर्शन गरिएको बताइएको छ ।   

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै