• २०८१ बैशाख ६ बिहीबार

भरतपुर महानगरमा रेनु दाहालको ७६ सय मतको अग्रता

kharibot

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी  रेनु दाहालले सात हजार ६१६ मतले अग्रता लिएकी छन् ।

पछिल्लो अपडेट अनुसार रेनुले ३५ हजार ५९५  मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ९७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९२७ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ६२० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ७४२ मत प्राप्त गर्दा गुरुङले २२ हजार १२२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै