• २०८१ बैशाख ७ शुक्रबार

मुम्बईसँग दिल्ली हारेपछि बैंगलोर पुग्यो प्लेअफमा

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत प्लेअफको समीकरण पुरा भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्ली क्यापिटल्सको आइपिएल यात्रा समाप्त भएको छ । 

मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो । 

दिल्लीको यो हारपछि रोयल च्यालेन्जर्स बैंगलोर आइपिएलको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । 

आइपिएलमा १४ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहेर गुजरात टाइटन्स शिर्ष स्थानमा रहदै प्लेअफ पुगेको छ भने राजस्थान रोयल्स १४ खेलमा १८ अंकसहित दोस्रो हुदै प्लेअफमा पुगेको छ । त्यसैगरी लखनउ सुपर जाइन्टको पनि १४ खेलमा १८ अंक रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको छ । 

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोर १४ खेलमा १६ अंकसहित चौथो हुदै प्लेअफमा पुगेको छ । 

अब पहिलो क्वालिफायर आगामी मंगलबार गुजरात र राजस्थानबीच हुने छ । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै