• २०८१ बैशाख ७ शुक्रबार

अन्तिम खेलमा नेपाल विजयी, ३-२ ले युगान्डाले जित्यो सिरिज

kharibot

काठमाडौं । युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ । नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला सुनिश्चित गरिसकेको थियो । 

घरेलु मैदानमा खेलको पहिलो शृङ्खलामा ३-० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३-२ को सम्मानजनक नतिजा निकाल्यो ।

शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्  नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् । यस्तै सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् ।

युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै