• २०८१ बैशाख १३ बिहीबार

बुटवलको मेयरमा काँग्रेसका पाण्डे र उपमेयरमा एमालेकी अर्याल विजयी

kharibot

काठमाडौँ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा नेकपा एमालेकी सावित्रा अर्याल विजयी भएका छन् ।

नगर प्रमुखमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डेयले ३० हजार १३० मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुखमा एमालेकी अर्यालले २४ हजार ९०४ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १६ हजार ९८० मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ अर्थात् जम्मा ६९ दशमलव ९२ प्रतिशत मत खसेको थियो । १९ वटा वडा रहेको बुटवलमा ५ वटा वडामा एमाले विजयी हुँदा १३ वडामा गठबन्धन विजयी भएको छ । त्यस्तै  वडा नम्बर १ मा भने स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै