• २०८१ बैशाख ११ मंगलबार

ब्युटी प्याजेन्ट बलात्कार घटना: गृहले थाल्यो अनुसन्धान, पाँच सदस्यीय समिति गठन

kharibot

काठमाडौँ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा ब्युटी प्याजेन्ट बलात्कार घटनाको भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारदेखि नै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै