• २०८१ बैशाख ७ शुक्रबार

रुपन्देहीको गैडहवामा एमाले निर्वाचित

kharibot

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५हजार ६३१ मत ल्याई विजयी भएका छन् ।

 उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४हजार ३८८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन् ।

९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर २मा जनमत पार्टीका सराजुद्दीन धुनिया ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन् । 

वडा नम्बर ४ बाट नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५मतले, वडा नम्बर ५बाट नेपाली कांग्रेसकै  विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६बाट नेपाली कांग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन् ।

३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै