• २०८१ बैशाख १४ शुक्रबार

एन्फा निर्वाचन- नेम्वाङलाई पूर्वअध्यक्ष श्रेष्ठ र मनाङका घलेको साथ

kharibot

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने चुनावका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ समूहले शक्ति प्रदर्शन गरेको छ । 

शुक्रबार ललितपुरको हिमालय होटलमा नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको हो । एन्फाको निर्वाचन साधारण सभा ६ असारमा हुँदैछ । 

अध्यक्ष पदका लागि नेम्वाङले उम्मेदवारी घोषणा गरे । वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । 

यस्तै यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन् । 

तटस्थ देखिएका एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठसमेत नेम्वाङ समूहमा खुलेर प्रस्तुत भए । शुक्रबार गरिएको उम्मेदवारी घोषणा कार्यक्रमको सभापतित्व श्रेष्ठले गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै